अर्थ
तोलामा चार सयले घटेर ९० हजार छ सय भयो सुनको भाउ

कोरोना महामारीका कारण अस्थिर भएको सुनको मूल्य सोमबारको तुलनामा मंगलबार रु ४०० ले घटेको छ । सोमबार छापावाल सुन प्रतितोला रु ९१ हजारमा कारोबार भएकोमा आज सोही परिमाणको पहेँलो धातुको मूल्य रु ९० हजार ६०० कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला तेजाबी सुनको मूल्य रु ९० हजार १६० कायम भएको छ भने सोही परिमाणको चाँदी रु ९४० मा खरिदबिक्री भइरहेको छ ।
बन्दाबन्दीयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो ।
प्रतिक्रिया राख्नुहोस्