जल/वातावरण

झापामा कुवेतबाट उद्धार गरिएका सात महिलामा कोरोना संक्रमण पुष्टि

सरकारले कुवेतबाट उद्धार गरी झापा पुर्याइएका सातजना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै जना आआफ्नो स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा बस्दै आएका थिए ।

स्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चौलागाईंका अनुसार झापामा मंगलबार संक्रमण पुष्टि भएका १२ जना मध्ये सरकारले कुवेतबाट उद्दार गरी ल्याएका ७ जना महिलामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितमध्ये एक जना महिला भने भारतको आसामबाट झापा आएकी हुन् । संक्रमित हुनेमा झापाको मेचीनगरका ३ जना महिला र बुद्धशान्ति नगरपालिकाका ३ जना महिला र ३ जना पुरुष, हल्दीबारीका २ जना महिला र कचनकवल गाउँपालिकाका १ जना पुरुष छन् ।

ती मध्ये मेची नगरकी एक महिला र चार पुरुष भारतबाट आएकाहरु हुन् ।

मंगलबार प्रदेश १ मा २० ना कोरोना संक्रमित थपिएका छन् । झापाका १२ जनासहित मंगलबार प्रदेश १ मा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १० जना महिला छन् ।

समाचार अनुसार मोरङको विराटनगर महानगरपालिका र सुन्दरहरैचाका १, १ जना, सुनसरीको धरानका २ जना महिला, कोसी गाउँपालिकाका १ जना पुरुष र ओखलढुंगाका १ जना पुरुष गरी कुल २० जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ सय ८३ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या २८५ जना पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.