राजनीति

राष्ट्रपतिद्वारा सबै दलका नेताहरुलाई शितल बोलावट, समसामयिक विषयमा छलफल हुने

नेपालको नयाँ नक्सा प्रतिनिधिसभाबाट सर्वसम्मत रुपमा पारित भएकोमा सबै दललाई धन्यवाद दिन र समसामयिक विषयमा राजनीतिक छलफल गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलसँग सामुहिक छलफल गर्नुहुने भएको छ ।

बुधबार साँझ सबै दलका शिर्षस्थ नेतालाई छलफलका लागि शीतल निवास बोलाउनु भएको छ । राष्ट्रपति भवनमा हुने भेटघाटमा पछिल्लो समय दलहरुबीच नक्सा पासमा देखिएको राष्ट्रिय सहमतिका लागि धन्यवाद दिने र पछिल्लो राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ ।

राष्ट्रपति भण्डारीले समसामयिक विषयमा छलफल गर्न उपराष्ट्रपति, प्रधानमन्त्री, संघीय ससद्‌का सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीलगायतलाई बोलाएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

मुलुकमा पछिल्लो समयमा विकासित घटनाक्रम, कोरोना महामारी र लकडाउनलगायतका समसामयिक विषयहरुमा छलफल गर्नका लागि बुधबार साँझ ५ बजेका लागि विभिन्न राजनीतिक दल र तिनका प्रतिनिधिलाई बोलाइएको हो । लामो समयसम्म राष्ट्रपतिले सबै दलका नेताहरुसँग छलफल नगरेको र अभिभाकत्व भूमिका निर्वाह गर्नका लागि भेलाको आयोजना गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.