जल/वातावरण

बुधबार थपिए छ सय २९ संक्रमित : संख्या पुग्यो १० हजार सात सय २८

बुधबार नेपालमा ६ सय २९ जना कोरोना संक्रमित भेटिएका छन् । यो संगै संक्रमिततको संख्या १० हजार ७ सय २८ पुगेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आयोजित नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिनुभएको हो ।

प्रवक्ता गौतमका अनुसार वितेको २४ घण्टामा ६ सय २९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै अहिलेसम्म क्वारेन्टाइनमा ७८ हजार ६ सय ३९ जना छन् । त्यसै गरी आठ हजार तीन सय ४६ जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।

२४ घण्टायता डिस्चार्ज हुनेको संख्या १ सय १४ रहेको छ । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार ३ सय ३८ जना रहेका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.