राजनीति

ललितपुरको बजेटसभा बहुमत सदस्यको वहिस्कार

ललितपुर महानगरपालिकाका बहुमत सदस्यहरुले वहिस्कार गरेपछि बजेट पेश हुन सकेन । महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न बोलाइएको नगरसभा बैठक बहुमत सदस्यले बहिस्कार गरेका हुन् । नगर कार्यपालिकामा मात्र होइन नगरसभामा पनि मेयर महर्जनको बहुमत छैन ।

ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले बुधबार नीति तथा कार्यक्रममाथि छलफल गर्न नदिएकाले आफूहरुले बजेट बहिस्कार गरेको बताउनुभयो । बिहीबार विहान ११ बजेका लागि बोलाइएको नगरसभा बैठक नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका जनप्रतिनिधिले बहिस्कार गरेका हुन् ।

ललितपुरको नीति तथा कार्यक्रम बुधबार नगरसभामा पेश भएको थियो । मेयर चिरिबाबु महर्जनले छलफल नगरी पारित गर्ने अडान राखेको भन्दै एमाले र माओवादी केन्द्रबाट निर्वाचित नगरसभा सदस्यहरुले असन्तुष्टि जनाएका थिए ।

ललितपुरमा मेयर, उपमेयर र १० वटा वडाका वडाध्यक्ष नेपाली कांग्रेसबाट निर्वाचित छन् । महानगरका २९ वडामध्ये १४ वटामा नेकपा एमाले र ४ वटामा नेकपा माओवादी केन्द्र विजयी भएको थियो । त्यस्तै एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।

नगर कार्यपालिकाका ३९ सदस्यीयमध्ये २६ जना मेयरको विपक्षमा रहेको वडा नम्बर ३ का वडाध्यक्ष महर्जन बताउँछन् । मेयरको पक्षमा १३ जनामात्रै छन् ।

वडाध्यक्ष श्रीगोपाल महर्जनका अनुसार ललितपुरमा एमाले र माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले सँगै नगरसभा बहिस्कार गरेको बताए । नगरसभामा बहुमत नभएका कारण बुधबार नगरसभामा पेश भएको नीति तथा कार्यक्रम पनि पारित भएको छैन ।

बिहीबार ११ बजेका लागि बोलाइएको नगर सभा बैठकमा बहुमत सदस्य नआउने जानकारी पाएपछि मेयर महर्जनले केही घण्टाका लागि बैठक स्थगित गर्दै सहमतिका लागि छलफल सुरु गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.