जन सरोकार

सप्तरी र मकवानपुरमा चट्याङ लागेर छजनाको मृत्यु, दुईजना घाइते

अविरल वर्षासँगै परेको चट्याङ लागेर बिहिबार सप्तरी र मकवानपुरमा छजनाको मृत्यु छ भने दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक तिलक भारतीले सप्तकोशी नदीमा नुहाउन जाँदा कोशी पुल नजिक चट्याङ लागेर महदेवा गाउँपालिका–२ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादव मृत्यु भएको जानकारी दिनुभयो ।

यसैगरी खेतमा धान रोप्न गएको बेला चट्याङ लागेर डाक्नेश्वरी नगरपालिका–९ लछनपटीका ३० वर्षीया ललितादेवी यादव र राजगढ गाउँपालिका बेल्ही चपेनका ४५ वर्षीय केसी साहको मृत्यु भएको प्रहरी नायब उपरीक्षक भारतीले बताउनुभयो ।

राजगढ गाउँपालिका बेल्ही चपेनामा आफनो आँगंनमा काम गरिरहेको अवस्थामा १८ वर्षीया आशा मण्डल चट्याङ लागेर घाइते भएकी छिन् । उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

यसै गरी चट्याङ लागेर मकवानपुर बकैया गाउँपालिका–२ का बुद्ध घिसिङको १७ वर्षीया छोरी सम्झना घिसिङ र आशालाल घिसिङकी २५ वर्षीया श्रीमती विना घिसिङको रहेको प्रहरीले जनाएको छ ।

सम्झाना घरमै बसिरहेको अवस्थामा र विनाको स्थानीय दोभान स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै स्थानीय पूर्णबहादुर जिम्बाको घाइते १४ वर्षीय छोरा किरण जिम्बाको सो स्वास्थ्य चौकीमा उपचारको लागि भर्ना गरिएको छ । अविरल वर्षाले तरकारी बालिमा असर पारेको स्थानीय किसानको गुनासो छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.