जल/वातावरण

कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ : थपिए उपत्यकामा नौसहित थप ४ सय ६४

नेपालमा पछिल्लो २४ घण्टामा रेड जोनमा रहेको काठमाडौं उपत्यकामा ९ जनासहित ४ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।

बिहिबार नियमित पत्रकार सम्मेलनमा स्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो ।

डा. गौतमले दिएको जानकारी अनुसार रेड जोनमा रहेको काठमाडौँका दुई पुरूष र दुई महिला, ललितपुरका एक पुरूष र भक्तपुरका तीन पुरूष र एक महिला सङ्क्रमित भएका छन् ।

यस्तै बिहिबार थप ३ सय १२ जना निको भएर डिस्चार्ज भएका छन् । निस्चार्ज हुनेमा १९ महिला र २ सय ९३ पुरुष रहेका छन् । योसंगै कुल डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ६५० पुगेको छ । यसमा महिला २ सय १५ र पुरूष दुई हजार ४ सय ३४ रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.