राजनीति

विपक्षी गठबन्धनका विद्यार्थी सङ्गठनको विरोध प्रदर्शन

विपक्षी राजनीतिक गठबन्धनसहित विभिन्न दल निकट विद्यार्थी संगठनले बिहिबार प्रतिनिधिसभा विघठनविरुद्ध प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गरका छन् ।

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी), जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्ष निकट समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चानिकट अखिल (छैठौँ) लगायतले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् ।

प्रदर्शनीमार्गमा सहभागीहरुले असंवैधानिक कदम खारेज गर, विधिको शासन कायम गर, प्रतिगमन अब त अति भो, राष्ट्रलाई क्षति भो लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

कोभिड–१९ सङ्क्रमणलाई ध्यान दिएर स्वास्थ्य सुरक्षा अपनाएर विरोध प्रदर्शन गरिएको अनेरास्ववियुकी नेत्री आरती लामाले बताउनुभयो । गत जेठ ८ गते विघटित प्रतिनिधिसभाको विषयमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.