जन सरोकार

यौन सम्पर्क गर्न नमान्दा पशुपक्षीको आवाज दुरुस्त निकाल्ने सुब्बाको हत्या

काठमाडौंमा पशुपक्षीको आवाज दुरुस्त निकालेर चर्चामा रहेका सन्तोष सुब्बाको हत्या सुरेश तिमल्सिना भन्ने व्यक्तिले गरेको खुलासा भएको छ । उनले यौनसम्पर्क गर्न नदिएको झोंकमा सुब्बाको हत्या गरेका हुन् । तिमल्सिना सार्वजनिक यातायातका सहचालक हुन् ।

हत्या

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ घर भई दक्षिणकाली बस्दै आएका सुरेश तिमल्सिनाले हत्या गरेको अनुसन्धानबाट खुलेको हो ।

बिहिबार महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार तिमल्सिनाले बयानमा आफू रक्सीको नशामा रहेको र यौनसम्पर्क गर्न नमानेपछि सलले बेरेर हत्या गरेको स्विकारेका छन् । उनलाई महानगरीय अपराध महाशाखाले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार काभ्रेका धर्मबहादुर तामाङसँग करिब १८ वर्षदेखि धर्मछोरीका रूपमा बस्दै आएकी सुब्बा असार ३ गते कालोपुलस्थित कोठाबाट निस्केकी थिइन् । त्यस दिन कीर्तिपुरमा बस्छु भनेर सुब्बाले बाबुलाई बताएकी थिइन् ।

कीर्तिपुरबाट असार ४ गते उनी दक्षिणकाली गएकी थिइन् । तर, त्यसबारे बाबुलाई उनले खबर गरिनन् । ५ गते सुब्बालाई स्थानीयले बजार आसपास हिँडेको देखेको बताएका थिए । ६ गते एउटा होटलमा रक्सी पिएर बसेका तिमल्सिनासँग सुब्बाको भेट भयो ।

सुक्बाले दिएको बयान यस्तो छ ‘म भोकै छु, केही खानेकुरा दिनुस् न भनेर उनी म भएको ठाउँमा आइन्, मैले रक्सी पिएँ, उनले चिया–खाजा खाइन् । त्यस क्रममा चराचुरुंगी र पशुको आवाज पनि उनले सुनाइन्, साँझपख एकान्तमा गएर शारीरिक सम्पर्क गर्न मैले कर गरेँ, त्यसपछि दक्षिणकाली मन्दिरनजिकै पिकनिक स्थल छेउको एक शौचालयमा यौनसम्पर्क गर्न खोजेपछि उनले नमान्दा हत्या गरेँ ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.