खेलफूटबल

नेपाली महिला टोलीले हङकङ र फिलिपिन्ससंग खेल्ने

एएफसी महिला एशिया कप छनोट प्रतियोगिताका लागि नेपाल समूह ‘एफ’ मा परेको छ । एशियाली फुटबल महासंघ (एएफसी)ले मुख्यालय मलेसियामा सार्वजनिक गरेको ‘ड्र’ अनुसार नेपालको समूहमा हङकङ र फिलिपिन्स छन् ।

एएफसी महिला एशिया कप सन् २०२२ जनवरी तेस्रो सातादेखि भारतमा हुने एएफसीले जनाएको छ । समूहको विजेताले आगामी वर्ष भारतमा सञ्चालन हुने एएफसी महिला एशिया कप खेल्नेछ । छनोट प्रतियोगिता आगामी भदौमा हुनेछ ।

प्रतियोगितामा सहभागी हुने देशलाई आठ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष टोलीले एएफसी महिला एशिया कपमा भाग लिन पाउने छ । साविक विजेता जापान, अष्ट्रेलिया, चीन र आयोजक भारत सो प्रतियोगिताका लागि छनोट भइसकेका छन् ।

छनोट प्रतियोगिताको समूह ए मा चिनियाँ ताइपेइ, बहराइन, तुर्किमिनिस्तान र लाओस, समूह बीमा भियतनाम, ताजकिस्तान, माल्दिभ्स र अफगानिस्तान, समूह सीमा प्रजग कोरिया, सिंगापुर, इराक र इण्डोनेशिया, समूह डीमा म्यानमा, युनाइटेड अरब इमिरेट्स, ग्वाम र लेबनान, समूह इमा गणतन्त्र कोरिया, उज्वेकिस्तान र मंगोलिया, समूह जीमा जोर्डन, इरान र बंगलादेश तथा समूह एचमा थाइल्याण्ड, प्यालेस्टाइन र मलेसिया छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.