विश्व समाचार

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड पुग्यो

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या विश्वभर एक करोड पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा विश्वभर कोरोनाभाइरसको संक्रमणबाट ४ लाख ९८ हजार ८९५ जनाको मृत्यु भएको उल्लेख छ ।

करिब ५० लाख संक्रमित व्यक्ति निको भएर अस्पतालहरुबाट डिस्चार्ज भएका छन् । चीनको उहानबाट उत्पत्ति भएको भनिएको यस भाइरसबाट संयुक्तराज्य अमेरिका सबैभन्दा नराम्रोसँग प्रभावित भएको छ । विश्वविद्यालयका अनुसार संयुक्तराज्य अमेरिकामा १ लाख २५ हजार ५३९ जनाको मृत्यु भइसकेको छ ।

विश्वमै सबैभन्दा बढी व्यक्ति संक्रमित देखिएको अमेरिकामा हालसम्म २५ लाख १० हजारभन्दा बढी मानिस प्रभावित छन् । दोस्रो बढी संक्रमित भेटिएको मुलुक ब्राजिल छ । यहाँ हालसम्म १३ लाख १४ हजार व्यक्ति संक्रमित भएका र करिब ५७ हजारको मृत्यु भएको छ ।

अमेरिका, भारत, डेनमार्क र इटाली समेतका विश्वमा अतिप्रभावित मुलुकहरुले कोरोनाभाइरस फैलिनेक्रम तिब्र रहेकै अवस्थामा लकडाउन खुकुलो बनाउन थालेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.