खेलफूटबल

युरोकपबाट बाहिरियो पोर्चुगल र नेदरल्याण्ड

योरोकपको साविक विजेता पोर्चुगल बाहिरिएको छ । आइतबार राति सम्पन्न अन्तिम १६ को खेलमा विश्वको शीर्ष टोली बेल्जियमले १-० ले हराउँदै पोर्चुगललाई घर पठाइदिएको हो । त्यसै गरी विजेताको अर्को दावेदार नेदरल्याण्ड पनि चेक रिपब्लिकको हातबाट घर फर्किएको छ ।

सेभियास्थित ला कार्टुजा स्टेडियमा भएको खेलमा थोर्गन हाजार्डको निर्णायक गोलमा साविक विजेता पोर्चुगललाई पराजित गर्दै बेल्जियम युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको हो । २०१६ को विजेता पोर्चुगल भने पहिलो पटक क्वाटरफाइनल पुग्न असफल भएको छ ।

खेलको ४२औं मिनेटमा हाजार्डले उत्कृष्ट गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । उनले थोमस मुनिएले उपलब्ध गराएको पासमा गोल गरेका हुन् ।

दोस्रो हाफमा क्रिस्टियानो रोनाल्डो नेतृत्वको पोर्चुगलले बराबरी गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन । ८३औं मिनेटमा पोर्गुलका राफेल गुरेइरोको प्रहार पोस्टमा लागेर फर्केको थियो । त्यसअघि रुबेन डियाको हेडर बेल्जियमका गोलकिपर थिबाउ कोर्तवाले रोकेका थिए ।

पहिलो पटक युरोकप जित्ने लक्ष्यमा रहेको बेल्जियमले अब क्वाटरफाइनलमा एक पटकको विजेता इटलीसँग प्रतिस्पर्धा गर्नेछ ।

यसै गरी युरोपकको दावेदार नेदरल्याण्ड नेदरल्याण्ड्सलाई पराजित गर्दै चेक रिपब्लिक युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार हंगेरीको बुढापेस्टस्थित पुस्कास एरेनामा भएको खेलमा चेकले १० खेलाडीको नेदरल्याण्ड्सलाई २-० ले पराजित गरेको हो । चेकका लागि टोमस होल्स र प्याट्रिक सिकले गोल गरे ।

समूह ‘डी’ को तेस्रो बन्दै अन्तिम १६ मा पुगेको चेकले समूह ‘सी’ मा तीनवटै खेल जित्दै विजेता बनेको नेदरल्याण्ड्सलाई पराजित गरेको हो । चेकले अब क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ । हारपछि नेदरल्याण्ड्स बाहिरिएको छ ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा चेक रिपब्लिकले दुई गोल गरेको थियो । ५५औं मिनेटमा नेदरल्याण्ड्सका माथिस डि लिग्टले रातो कार्ड पाएपछि त्यसैको फाइदा उठाउँदै चेकले दुई गोल गर्‍यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.