काठमाडौंमा छजना संक्रमित थपिए, देशभर चार सय ६८, संख्या पुग्यो १३ हजार, दुई सय ४८
काठमाडौंमा सोमबार थप छ जना कोरोना संक्रमित भेटिएका छन । त्यसै गरी ललितपुरमा एक र भक्तपुरमा एक जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले वितेको २४ घण्टामा देशभर थप ४६८ जनामा कोरोना सङ्क्रमित थपिएको र कुल संख्या १३ हजार २ सय ४८ पुगेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
सोमबार थपिएकामध्ये १ सय १२ महिला र ३ सय ६४ जना पुरुष रहेका छन् । यसै गरी थप १ सय २१ डिस्चार्ज भएका छन् । योसँगै निको हुने तीन हजार १ सय ३४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १३ महिला र पुरूष १०८ जना डिस्चार्ज भएका हुन् । त्यस्तै क्वारेन्टाइनमा ९७ हजार ३६८ र आइसोलेसनमा दशहजार ८५ जना रहेका छन् ।
यसै गरी ललितपुरको सानेपामा रहेको स्टार अस्पतालमा रौतहटका ३० वर्षका एक पुरूषको कोरोनाका कारण निधन भएको छ ।
असार १३ गते स्वाब पठाएकोमा सोही दिन राति ८ गते फोक्सोका ती विरामीको मृत्यु भएको हो । परीक्षणको नतिजा असार १४ गते पोजेटिभ आएसँगै मृत्यु हुने २९ पुगेको छ ।