क्रिकेटखेल

क्रिकेटर लामिछानेद्वारा पहिरो पीडितलाई सहयोग

नेपालका अन्तराष्ट्रिय क्रिकेटर सन्दिप लामिछानेले सिन्धुपाल्चोकको लिदि पहिरो पीडितलाई चार लाख बराबरको सहयोग गर्नुभएको छ । उहाँले गत वर्षको पहिरोले विस्थापित भएर बासखर्कमा बसेका पहिरोबाट प्रभावितलाई घर बनाउन आवश्यक सामग्री सहयोग गर्नुभएको हो ।

लामिछानेले चौतारा पुगेर सो सहयोग जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख अरुण पोखरेललाई हस्तान्तरण गर्नुभयो । हस्तान्तरण गरिएका सामग्रीमा जस्ता, फलामे ट्रस, पोल लगायत चार लाख बराबरका सामान छन ।

प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार विपद व्यवस्थापन समितिको पहल मार्फत बाह्रबिसे, बासखर्क र भोटेकोसीमा १०० वटा टहरा बनाउने लक्ष्य अनुसार उक्त सामाग्री प्राप्त भएको जानकारी दिनुभयो ।

त्यसै गरी लामिछानेको टोलीले मेलम्ची बाढीबाट प्रभावितका लागि मेलम्चीमा स्वास्थ्य शिविर पनि संञ्चालन गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.