कर्पोरेट/पर्यटन

नेपाल सरकारले खुला गर्यो टर्की सरकारले प्रतिबन्ध

सरकारले अघिल्लो साता नेपालमा कोरोना महामारी कम भएको भन्दै टर्की लगायतका मुलुकमा सिधा अन्तराष्ट्रिय उडानका प्रतिवन्ध खुकुलो बनाउने निर्णय गरे पनि टर्कीले भने कोरोना भाइरसको महामारी फैलनसक्ने भन्दै नेपालबाट सिधा उडानमा प्रतिबन्ध लगाएको छ ।

टर्की सरकारले नेपालसहित भारत, माल्दिम्भ, श्रीलंका, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने सबै सिधा उडानमा रोक लगाएको हो । अहिले टर्कीबाट काठमाडौंका लागि टर्किस एयरलाइन्सले सातामा दुई उडान गरिरहेको छ ।

अन्य मुलुकबाट टर्की छिर्दा समेत यी ५ मुलुकमा पछिल्लो १४ दिन यता रहेको भए ७२ घण्टा भित्रको पिसिआर रिर्पोट अनिवार्य र १४ दिन क्वारेन्टिन बस्ने गरी मात्र टर्की प्रवेश गर्न दिने निर्णय त्यहाँको आन्तरिक मामिला मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।

पाकिस्तान र अफगानिस्थानबाट जाने यात्रुलाई भने १० दिन क्वारेन्टिन अनिवार्य गरिएको छ । टर्कीको प्रतिबन्धपछि यूरोप र अमेरिकामा हुने नेपालीहरुको यात्रा समेत प्रभावित हुने भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.