जल/वातावरण

चीनमा देखियो महामारी फैलाउनसक्ने अर्को भाइरस : सचेत रहन आग्रह

कोरोना भाइरसको उदगमस्थल चीनमा अर्को नयाँ भाइरस देखापरेको वैज्ञानिकहरुले बताएका छन् । सुंगुरमा देखिएको यो भाइरसले महामारीको रुप लिनसक्ने भन्दै चेतावनी समेत दिइएको छ ।

बिबिसिका अनुसार यो २००९ मा देखिएको स्वाइन फ्लू जस्तै भए पनि यसको स्वाभाव बदलिएको छ र मानिसलाई संक्रमित गर्नसक्छ ।

अनुसन्धानकर्ताहरु नयाँ भाइरसको स्वाभावमा परिवर्तन आउनसक्ने र उक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै फैलनसक्ने भएकाले विश्वव्यापी महामारीको रुप लिनसक्ने चिन्ता व्यक्त गरेका छन् ।

उनीहरुले नयाँ भाइरस मानिसलाई संक्रमित गर्नसक्ने सबै संकेत र तवातावरण अनुकूल रहेकाले उच्च सावधानी आवश्यक रहेको छ । नयाँ भाइरस भएकाले मानिसलाई यसबाट बचाउन कुनै उपाय तत्काल नहुने समेत बताएका छन् ।

वैज्ञानिकहरुले प्रोसीडिंग्स अफ द नेशनल एकेडमी अफ साइन्सेजको बुलेटिनमा सुंगुरमाा भेटिएको यो भाइरस नियन्त्रणको उपायसंगै सुंगुर फार्मका कामदारहरुमाथि उच्च निगरानी राख्नु आवश्यक छ ।

यदि यो भाइरसलाई समयमै नियन्त्रण गरिएन भने यसले कोरोेना महामारीको अन्त्य नहुँदै अर्को महामारी निम्त्याउनेछ । यो भाइरस सन् २००९ को स्वाइन फ्लू जस्तै हुनसक्छ ।

हेर्नुहोस् नयाँ भाइरसको रिपोर्ट

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.