खेलफूटबल

युरोकप : दावेदार टीम बाहिरिए यी हुन् क्वाटरफाइनलमा पुग्ने आठ देश

विश्वकप फुटबलपछि सर्वाधिक आकर्षक रहेको युरोकपको क्वाटरफाइनलमा पुग्ने आठ देशको टुंगो लागेको छ । क्वाटरफाइनलका खेलहरु जुलाई २ देखि सुरु हुनेछ ।

मंगलबार प्रि क्वाटरफाइनलका खेलपछि अन्तिम आठको टुंगो लाग्दा उपाधिको दावेदार टोली बाहिरिएका छन् । साविक विजेता पोर्चुगल, साविक उपविजेता फ्रान्स अनि सर्वाधिक ३ पटकको विजेता जर्मनी भने अन्तिम १६ बाटै बाहिरिएका हुन् ।

मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले जर्मनीलाई २-० ले र युक्रेनले स्वीडेनलाई २-१ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाउँदै क्वाटरफाइनलको समीकरण पूरा गरेका हुन् ।

यस्तै यसअघि नै अन्य तीन क्वाटरफाइनल खेलको समीकरण तय भइसकेको छ । जसमा बेल्जियमले इटलीसँग खेल्नेछ भने स्विट्जरल्याण्डले स्पेनसँग खेल्नेछ ।

यस्तै चेक रिपब्लिक र डेनमार्कबीच अर्को क्वाटरफाइनल खेल हुनेछ । क्वाटरफाइनलमा बेल्जियम र इटलीबीचको विजेता अनि स्पेन र स्विट्जरल्याण्डबीचको विजेताले सेमिफाइनल खेल्नेछ।

अर्कोतर्फ इंग्ल्याण्ड र युक्रेनबीचको विजेता तथा चेक र डेनमार्कबीचको विजेताले अर्को सेमिफाइनल खेल्नेछन् ।

क्वाटरफाइनल खेल मिति, समय र स्थान

– स्विट्जरल्याण्ड भर्सेस स्पेन : जुलाई २ (असार १८ गते), ९:४५ बजे (सेन्ट पिटर्सवर्ग, रुस)

– बेल्जियम भर्सेस इटली : जुलाई २ (असार १९ गते), १२:४५ बजे (म्युनिक, जर्मनी)

– चेक रिपब्लिक भर्सेस डेनमार्क : जुलाई ३ (असार १९ गते), ९:४५ बजे (बाकु, अजरवैजान)

– युक्रेन भर्सेस इंग्ल्याण्ड : जुलाई ३ (असार २० गते), १२:४५ बजे (रोम, इटली)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.