राजनीति

पार्टी निर्णय मान्न प्रधानमन्त्रीलाई सुझाव : मन्त्रीहरु राजीनामा दिन तयार

सत्तारुढ नेकपाका अधिकांश स्थायी समिति सदस्यले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन आग्रह गरेपछि बुधबार विहान मन्त्रिपरिषद तथा नेकपा नेताहरुसंगको परामर्शमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी कमिटीको निर्णय मानेर अघि बढ्न सुझाव दिएका छन् ।

समाचार अनुसार सत्तारुढ नेकपाको जारी स्थायी कमिटी बैठकमा मंगलबार शीर्ष नेताहरुसहितले ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा मागेपछि सल्लाहका लागि बोलाएको बैठकमा प्रधानमन्त्रीलाई यस्तो सुझाव दिइएको हो ।

बैठकपछि कृषि मन्त्री घनश्याम भुसालले अधिकांश नेता र मन्त्रीहरुले पार्टी कमिटीले गरेको निर्णय स्वीकार्छु भनेर अघि बढ्न सुझाव दिएको बताउनुभयो । भुसाललगायत केही मन्त्रीले प्रधानमन्त्रीलाई अप्ठेरो परेको खण्डमा आफूहरुलगायत मन्त्रिपरिषद्का आधाजति मन्त्री राजीनामा दिन तयार रहेको जानकारी दिएको बताउनुभयो ।

छलफलको सुरुमै प्रधानमन्त्री ओलीले आफूलाई कर्नर गरिएको र अपमानित गरिएको बताउनुभएको थियो । त्यसपछि बोल्दै भुसालले ओलीका विषयमा आफ्नो मूल्यांकन सुनाउँदै तपाई बलियो हुँदा लोकतन्त्र कमजोर हुन्छ, तपाईं कमजोर हुँदा राष्ट्रिय हित कमजोर हुन्छ भनेर सुनाएको जानकारी दिनुभयो ।

भुसालले पार्टीकै कारण सत्ता र शक्ति प्राप्त भएको भन्दै म नै सर्वोपरि हुँ भन्ने नसोची पार्टीलाई नै सबै कुरा समर्पण गर्छु भनेर अघि बढ्न सुझाव दिनुभएको थियो ।

छलफलमा सुवास नेम्वाङ, मणि थापा, लेखराज भट्ट लगायतका नेताहरुले पनि पार्टी एकताका लागि प्रधानमन्त्रीले फराकिलो सोच राख्नुपर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.