खेल

क्रिकेट रंगशालाका लागि ९५ वर्षीया देउजाबाट पेन्सन कटाएर सहयोग

चितवनको भरतपुरमा जनस्तरबाट निर्माण भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि काठमाडौं कपन निवासी ९५ वर्षीय देवबहादुर देउजाले ५० हजार रुपैयाँ सहायता गर्नुभएको छ ।

हाँस्य कलाकार दम्पत्ति सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस सुन्तली)ले स्थापना गरेको धुर्मुस सुन्तली फाउण्डेशनलाई देउजाले आफ्नो पेन्सनबाट बचाएर सो आर्थिक सहायता गर्नुभएको हो ।

नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा ठूलो फड्को मारे पनि अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न रंगशाला नभएपछि धुर्मुस सुन्तली फाउण्डेशनले जनस्तरबाटै रंगशाला निर्माणको घोषणा गरेपछि देश विदशेबाट सहयोग आइरहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.