जन सरोकार

रोपाई गरिरहेका बेला खस्यो चट्याङ चारजनाको मृत्यु, सातजना घाइते

चट्याङ लागेर एकै परिवारका छ जना घाइते

चट्याङ लागेर एकै परिवारका छ जना घाइते

बारामा बिहिबार विहान रोपाई गरिरहेका समयमा चट्याङ लगेर चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । समाचार अनुसार बाराको कलैया उपमहानगर पालिका र फेटा गाउँपालिकामा सो घटना घटेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रका अनुसार दुई दुबै स्थानमा विहान खेतमा धान रोपिरहेका बेला परेको चट्याङबाट कलैया नपाको सितलपुरमा दुई महिला र फेटा गाउँपालिकाको त्रिवेणी टोलमा दुई महिलाको मृत्यु भएको थियो ।

साथै त्रिवेणी टोलका अन्य सात जना घाइते भएका छन् । यसअघि भारतको बिहारमा चट्याङ लागेर सयौंको मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.