अर्थकृषि

जुम्लामा चट्याङबाट ८० भेडा मरे

जुम्लाको पातारासी गाउँपालिका–४ स्थित बागजाले पाटनमा परेको चट्याङले पाँच कृषकका ८० भेडा मरेका छन् । सो चट्याङबाट करिब ३०० भेडा हराएका छन् ।

पातारासी गाउँपालिका–४ लुम निवासी पाँच कृषकका भेडा मरेको गाउँपालिकाका पशु शाखाका प्राविधिक हरि कामीले जानकारी दिनुभयो । अप्ठ्यारो भिर भएकाले खोजतलास गर्न कठिनाइ भएको छ ।

सोही गाउँपालिकामा रहेको प्रहरी चौकी डिल्लीचौरका प्रमुख बद्री साउदका अनुसार चट्याङबाट पाटनमा मरेका भेडा किसान जोरा रोकाया, रामबहादुर रेउले, शङ्कर नेपाली, धर्म रेउले र मानबहादुर रोकायाको भेडा चट्याङमा परेर मरेको प्रहरी चौकी डिल्लीचौरले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.