जन सरोकार

मुलुकभर १६ विपद्का घटना : नौ को मृत्यु, २० घरमा क्षति

मुलुकभर विभिन्न जिल्लाका १६ स्थानमा बाढी, पहिरो, आगलागी, चट्याङ र सर्पदंशका घटना भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबारदेखि शनिबार साँभल सम्मको २४ घण्टामा नौ जनाको मृत्यु भएको छ ।

प्राप्त जानकारीअनुसार बझाङको मल्लेसीमा भेल पहिरो खस्दा छ जनाको मृत्यु भएको छ । त्यहाँ पहिरोले झण्डै २० घरमा क्षति पुर्याएको छ । सिराहामा र धनुषामा सर्पको टोकाइबाट तीन जनाको मृत्यु भएको छ । नुवाकोटमा सर्पको टोकाइबाट एकजना घाइते भएका छन् । खोटाङ, डोल्पा, मोरङ र भक्तपुरमा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ ।

यस्तै मकवानपुर र प्यूठानमा चट्याङ परेको छ । सिन्धुपाल्चोक र गुल्मीमा पहिरो गएको तथा प्यूठान र कैलालीमा बाढी आएको प्राधिकरणले आज सूचनामार्फत जनाएको छ । आज भएको विपद्का घटनामा झण्डै एक करोड बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.