"राष्ट्रपति संस्थाको अपमान नगरौं, यसमा स्वयं राष्ट्रपतिको पनि ध्यान जानेछ"
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुबीच चुलिएको विवादले राष्ट्रपतिलाई समेत विवादमा मुछेको छ । संचार माध्यमहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर राष्ट्रपतिलाई महाभियोग लगाउने तयारी भैरहेको समाचार आएपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउने भनेर झुठो प्रचार गरिएको बताउनुभएको छ ।
त्यसो त राष्ट्रपतिबाट बेलाबेलामा विवादास्पद गतिविधि गरेको भनेर नेकपाभित्रै असन्तुष्टि व्यक्त भैरँदा प्रवक्ता श्रेष्ठले ट्वीट गर्दै आफ्नो स्वार्थका लागि राष्ट्रपति संस्थाको अनर्गल प्रचार नगर्न आग्रह गर्दै यस विषयमा सम्माननीय राष्ट्रपतिको पनि ध्यान जाने नै छ भन्ने अपेक्षा गर्नुभएको छ ।
स्मरणीय के छ भन प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रीहरुसँगको छलफलमा आफूलाई प्रधानमन्त्री पदबाट हटाउने र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षडयन्त्र गरिएको सुनाउनुभएको थियो ।
त्यसैतर्फ लक्षित गर्दै नेकपा प्रवक्ता श्रेष्ठले लेख्नुभएको छ- “हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो।यो गरिमामय सँस्थालाई कसैले पनि आ-आफ्नो स्वार्थका लागि विवादमा नतानौं । राष्ट्रपतिको बिरुध्द महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार कसैले नगरौं।राष्ट्रपति संस्थाको अवमुल्यन नगरौं।राष्ट्रपतिज्यु स्वयंको पनि ध्यान जाने नै छ।”
प्रतिक्रिया राख्नुहोस्