राजनीति

नेकपाको विवादमा कांग्रेस सभापतिको चर्चा : प्रधानमन्त्री ओलीसंगको भेट आशंकापूर्ण !

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शक्तिसंघर्षमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेबरहादुर देउवाको चर्चा कांग्रेस र नेकपाभित्र निकै चर्चामा रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उनीनिकट नेताहरूसँग कांग्रेस सभापति शेरबहादुर देउवाले गरिरहेको भेटवार्तालाई रहस्यका साथ हेरिएको छ ।

सभापति देउवा र ओली लगायतका नेताहरुसंगको भेटका विषयमा आइतबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा समेत चर्चा भएको र ओलीसंग कुनै सम्झौता भएको आशंका समेत गरियो । बैठकमा सभापति देउवाले प्रधानमन्त्री ओलीसँग कुनै किसिमको गोप्य सम्झौता नभएको स्पष्ट पार्नुभएको थियो ।

देउवा र ओलीको भेटलाई लिएर पार्टीको चौधौं महाधिवेशनको कार्यताएर बैठकको सुरुवातमै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले कुरा उठाउनुभएको थियो । उहाँले यस विषयमा बैठकलाई जानकारी गराउन माग गर्नुभएपछि सभापति देउवाले कुनै सम्झौता नभएको जानकारी दिनुभएको हो ।

सभापति देउवाले असार १७ गते बालुवाटारमा ओलीसँग र आइतबार ओलीका विश्वासपात्र संसदीय दलका उपनेतासमेत रहेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङसँग बूढानीलकण्ठमा भेटवार्ता गर्नुभएको थियो ।

प्रधानमन्त्रीसँग एक्लै र नेम्वाङसँग पार्टीकै नेता मीनेन्द्र रिजाललाई सँगै राखेर भेटवार्ता गर्नुभएका देउले बैठकमा संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति र एमसीसीका विषयमा छलफल भएको बताउँदै नेम्वाङको भेटबारे भने नेता रिजाललाई जानकारी गराउन लगाउनुभएको थियो ।

नेम्वाङसँगको भेट संसद् अधिवेशन बोलाउन लागेको भन्ने आशंकाबीच भएको थियो । नेम्वाङले शनिबार कांग्रेस नेता रिजाललाई टेलिफोनमार्फत कांग्रेस र जनता समाजवादी मिलेर संसद् अधिवेशन बोलाउन खोजेको सूचना आफूहरूले पाएको भन्दै प्रस्ट हुन चाहेका र यसै विषयमा छलफल भएको जानकारी दिनुभयो ।

यसबीचमा नेकपा विभाजनको संघारमा पुगेको र प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले कांग्रेससंग मिलेर सरकार बनाउने तयारी गरिरहेको समाचार बाहिरिएका बेला सभापति देउवा र ओली तथा नेम्वाङसंगको भेटलाई सोही रुपमा हेरिएको हो । अझ कतिसम्म भने देउवाले ओलीसँग मिलेको र गोप्य सम्झौता गरेको भनेर चर्चामा आएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.