राजनीति

जनता समाजवादी पार्टीबाट सरिता गिरी निस्काशित, सांसद पद गुम्यो

भारत अतिक्रमित नेपाली भूमि समेटेर नक्सा बनेपछि त्यसको विपक्षमा उभिएर संविधान संशोधन विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्नुका साथै नक्साका विषयमा राष्ट्रहित विपरीत अभिव्यक्ति दिएकी सरिता गिरीलाई जनता समाजवादी पार्टीबाट निष्काशन गरिएको छ ।

मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरिएको पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिनुभएको छ ।

पार्टीका सचिव मोहम्मद इस्तियाक राईले गिरीलाई सांसद पदबाट हटाइएको जानकारी निर्वाचन आयोग र संसद सचिवालयलाई दिने निर्णय भएको बताउनुभयो ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएपछि पार्टीले फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिएको थियो ।

तर गिरीले संशोधन प्रस्ताव फिर्ता नलिनुका साथै संविधान सशोधन मतदानमा समेत भाग लिनुभएको थियो । जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो । समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । संसदमा बोल्न नपाएपछि सांसद गिरी भने बैठक चलिरहँदा बाहिरिनुभएको थियो ।

सो विषयमा छानबिन गर्न समाजवादी पार्टीले पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल बनाएको थियो । कार्यदलले गिरीलाई कारबाहीको सिफारिसका लागि पार्टी केन्द्रीय कार्यालयलाई सिफारिस गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.