कर्पोरेट/पर्यटन

आन्तरिक उडान पूर्णरुपमा खुल्ने, अन्तर्राष्ट्रिय बढाइने

दोस्रो लहरका कारण बन्द आन्तरिक हवाई उडानहरू जुलाई १ देखि खुला

कोरोनाभाइरस महामारीको दोस्रो लहरपछि सीमित मात्रामा मात्रै आन्तरिक र अन्तर्राष्ट्रिय उडान हुँदै आएको नेपालमा सबै दुबैतर्फ खुला हुने भएको छ । कोभिड महामारीको दोस्रो लहरका कारण बन्द गरिएका आन्तरिक हवाई उडानहरू जुलाई १ देखि खुला गरिएको थियो।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक उडान खुला गर्ने र अन्तर्राष्ट्रिय उडानको सङ्ख्या बढाउने निर्णय गरेको हो । यस विषयमा मन्त्रिपरिषद्का प्रवक्ताले परिपक्व भएपछि जानकारी गराउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लिलानाथ श्रेष्ठले बताउनुभएको छ ।

मन्त्री श्रेष्ठले आन्तरिक उडानका हकमा सामान्य अवस्थामा उडान सङ्ख्या फर्काउने निर्णय गरिएको भए पनि अन्तर्राष्ट्रिय उडान सङ्ख्या भने क्रमिक रूपमा बढाइने जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय उडान ह्वात्तै १०० प्रतिशत नै खोल्दा फेरि कोरोना भाइरस सङ्क्रमण थालेको विगतको अनुभवलाई हेरेर यसअघिका निषेधाज्ञापछि जति मात्रामा खुल्यो त्यही मात्रामा खोल्ने निर्णय भएको पनि उहाँले बताउनुभयो ।

सरकारले सबै उडान खोल्ने निर्णय गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले आफूहरु तयारी अवस्थामा रहेको बताएको छ । प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्नका लागि विमानस्थल सञ्चालनका लागि पूर्ण रूपमा तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।

उहाँले मन्त्रालयले परिपत्र गरेपछि सबै वायुसेवालाई तालिकाका लागि आवेदन दिन भन्ने र त्यसपछि विमानस्थलमा एकै पटक धेरै भिड नहुने व्यवस्था मिलाएर आफूहरूले तालिका तय गर्ने र त्यसै अनुसार उडान अनुमति दिइने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.