लक्ष्मी थापाको नेतृत्वमा अनेसास बेलायत
प्रवासमा बसेर नेपाली भाषा, साहित्यको क्षेत्रमा सक्रियहरुको विश्व संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बेलायत शाखाको अध्यक्षमा लक्ष्मी थापा राई निर्वाचित हुनुभएको छ ।
कोभिड–१९ को कारण ‘भर्चुअल’ माध्यमबाट आइतबार सम्पन्न संस्थाको सातौँ अधिवेशनले थापालाई अध्यक्षमा चयन गरेको हो । त्यसै गरी उपाध्यक्षमा राज श्रेष्ठ, महासचिव सन्तोष कार्की र कोषाध्यक्ष सचिन गुरुङ निर्वाचित हुनुभएको छ ।
सदस्यहरूमा सारादेवी गुरुङ, सेमन्त राई, भरत राई, माया गुरुङ, नृपेश उप्रेती, शुलभ श्रेष्ठ र मन्जु भण्डारी निर्वाचित हुनुभएको छ ।
कार्यक्रमको दोस्रो चरणमा गरिएको कविता वाचनमा कवि भरत राई, सेमन्त राई, नृपेश उप्रेती, मन्जु भण्डारी, सन्तोष कार्की, राज श्रेष्ठ, सारादेवी गुरुङ, डा. रुपक श्रेष्ठ, सुनिल संगम, सुमल गुरुङ, माया गुरुङ, शुलभ श्रेष्ठ, सचिन गुरुङ लगायतले भाग लिनुभएको थियो ।