जल/वातावरण

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४ सय २३ जना

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ । पछिल्लो २४ घण्टामा थपिएका २ सय ५५ जनामा कोरोना सङ्क्रमित पुष्टि भएसंगै संख्या १६ हजार नाघेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा काठमाडौँ उपत्यकामा २३ जना सङ्क्रमित थपिएका छन् । जसअनुसार काठमाडौँमा १६ जना र ललितपुरमा ७ जना रहेका छन् । मंगलबार उपत्यकामा २८ जना सङ्क्रमित पुष्टि भएको थियो । सोमबार उपत्यकामा ५४ र आइतबार ३० जनामा भाइरस सरेको थियो ।

यसै गरी पछिल्लो २४ घण्टामा चारहजार ६९६ पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २४ हजार ४०, आइसोलेसनमा आठ हजार ६३६ रहेका छन् । बुधबार २५३ जना निको भएर डिस्चार्ज हुनुभएको छ । योसँगै सातहजार ७५२ पुगेको छ । यो ४७.२ प्रतिशत भन्दा बढी सङ्क्रमित स्वास्थ्य लाभपछि घरमा डिस्चार्ज भएका छन् ।

त्यस्तै महोत्तरी, रौतहट, पाल्पा ,अछाम, कैलाली र बाजुरा जिल्लामा पाँचसय भन्दा बढी उपचाररत रहेको डा. गौतमले जानकारी दिनुभयो । त्यस्तै धनकुटा, भोजपुर , सोलुखम्बु, हुम्ला र मुस्तागं जिल्ला कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको घोषणा भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.