राजनीति

नेपालको नयाँ नक्साको बिरोध गर्दै भारतले पठायो कूटनीतिक नोट

नेपाली भूमि समेटेर भारतले नक्सा जारी गर्दा नेपालले त्यसको बिरोध गर्दै कूटनीतिक नोट पठाए संवादका लागि गरेको आग्रह वेवास्ता गरेको भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको विरोधमा कूटनीतिक नोट पठाएको पाइएको छ ।

सो कुराको जानकारी राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिकोका सभापति रामनारायण विडारीले दिनुभएको हो ।

समितिको बिहिबार बसेको बैठकमा सभापति बिडारीले नेपालको दाबीलाई अस्वीकार गर्दै भारत सरकारले असार १० गते कूटनीतिक नोट पठाएको जानकारी दिनुभएको हो । भारतले नोट पठाएको दुई हप्तासम्म यस विषयमा कुनै जानकारी दिइएको छैन र अहिलेसम्म परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा बोलेको छैन ।

पछिल्लो पटक कोरोना महामारीको समयमा लिपुलेक क्षेत्रमा नेपाली भूभाग अतिक्रमण गरेर बनाएको मानसरोबर जाने सडक उद्घाटन गरेपछि नेपालले विरोध गर्दै तत्काल वार्तामा बस्न आग्रह गर्दा अटेर गरेपछि नेपालले आफ्नो नक्सा जारी गरेको थियो ।

नेपालले जेठ ५ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । यसलाई संविधानको अनुसूचीमा समेटन सर्वसम्मतले संविधान संशोधन संशोधन भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.