जन सरोकार

प्रधानसेनापति थापा र प्रहरी महानिरीक्षक थापाबीच छलफल

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसंग शुक्रबार भेटघाट गर्नुभएको छ । प्रधानसेनापति थापाले प्रहरी प्रधानन कार्यालय पुगी महानिरीक्षक थापालाई सफल कार्यकालको शुभकामना दिनुभएको हो ।

प्रधानसेनापति थापाले प्रहरी महानिरीक्षक पदमा नियुक्त हुनु भएकोमा थापालाई सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाइ दिनुभयो ।

भेटघाटका अवसरमा प्रधानसेनापति थापा र प्रहरी महानिरीक्षक थापा क्षेत्री बीच दुबै संगठन बीच आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफल समेत भएको थियो ।

प्रधानसेनापति थापाले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई अनुभव र ज्ञानको संगालो रहेका पुस्तकहरू र राष्ट्रको सुरक्षाको संकेतको रुपमा रहेको राष्ट्रिय हतियार खुकुरी समेत प्रदान गर्नुभयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रधानसेनापति थापालाई मायाको चिनो स्वरूप ‘मोमेन्टो’ प्रदान गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.