जन सरोकार

अमेरिकाले दिने भो १५ लाख नेपालीका लागि खोप

नेपाल लगायत विश्वका गरीब मुलुकहरुलाई कोराना बिरुद्धको खोप दिने घोषणा गरेको अमेरिकाबाट केही दिनभित्रै खोप आउने भएको छ । अमेरिकाले १५ लाख नेपालीलाई पुग्ने गरी खोप दिने घोषणा गरेको काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको हो ।

शुक्रबार नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले सामाजिक सञ्जालबाट आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभिड १९ को खोप निःशुल्क उपलब्ध गराउन लागेको बताउनुभएको हो ।

ट्विटमार्फत् राजदूत बेरीले नेपाललाई खोप दिने घोषणा गर्दा नेपाल अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा यो आफ्नो लागि अत्यन्तै खुशीको क्षण भएको पनि उल्लेख गर्नुभएको छ ।

केही समयदेखि अमेरिकाले एक मात्रा लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोप नेपाललाई दिन लागेको बताइएको थियो । तर अमेरिकाले उपलब्ध गराउने खोपको परिमाण हालसम्म खुलाइएको थिएन।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.