अरुणोदयका पूर्व विद्यार्थीहरुले पूर्व स्वयंसेवी शिक्षकहरुको सम्मान गर्ने
अरुणोदय पूर्व विद्यार्थी समाज आरुबारीले सो विद्यालयको माध्यमिक तह संचालनको अवधिमा स्वयंसेवी शिक्षकका रुपमा अध्यापन गराएका पूर्व शिक्षकहरुको सम्मान गर्ने भएको छ । शनिबार समाजको संयोजन समितिको पहिलो बैठकले सो निर्णय गरेको हो ।
यसै गरी बैठकले अरुणोदय माध्यमिक विद्यालयको नवनिर्मित भवन परिसरमा आउँदो शनिबार वृक्षरोपण गर्ने निर्णय गरेको छ । अहिले उच्च माध्यमिक तहमा इञ्जिनियरिंगको अध्यापन भैरहेको विद्यालयको भौतिक पूर्वाधार विकास र संरक्षण तथा विद्यार्थीहरुलाई अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यले वृक्षरोपण गर्न लागिएको हो ।
यसै गरी सम्बन्धित निकायमा संस्था दर्ता गर्ने निर्णय गरिएको छ भने त्रिलोचन पौड्यालको अध्यक्षतामा २१ सदस्यीय तथा अन्तरिम कार्यसमितिको पनि चयन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा विमला रुपाखेती र रुपक थापा, सचिवमा यादब देवकोटा तथा कोषाध्यक्षमा सुवास आचार्यलाई चयन गरिएको छ ।
यसै गरी कार्यसमितिका सदस्यहरुमा पवित्रा पौड्याल, राजेश चालिसे, सुन्दर थापा, कमल पण्डित क्षेत्री, सुमित्रा कार्की, अनिल देवकोटा, चुण्डी लामा, कृष लामा, सुरेश थापा, जीवन चालिसे, चमेली राई, राजकुमार भण्डारी, किरण पण्डित, रीताा श्रेष्ठ, कपिल तिमिल्सिना र सुनिता सापकोटा रहेका छन् ।
यसै गरी बैठकले गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, अरुणोदय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्व विद्यार्थी दीपक रिसाल, गोकर्णेश्वर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राजीव थापा, अरुणोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद नेपाल र यज्ञडोल सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुदर्शन सिग्देललाई संस्थापक सल्लाहकारमा चयन गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्