जल/वातावरण

काठमाडौंमा कोरोना सङ्क्रमणबाट दुईजनाको मृत्यु

शनिबार काठमाडौंमा दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । यसै गरी शनिबार नै अर्का एकजनाको मृत्यु भएसंगै मृतकको संख्या ३८ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौँ जिल्ला काठमाडौं महानगरपालिका–१० शङ्खमूलका ६० वर्षीय पुरुष र गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय पुरुष तथा सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–६ का ४५ वर्षीय पुरुष छन् ।

शङ्खमूलका सङ्क्रमित फोक्सोमा पानी जमेको तथा मिर्गौला रोगका कारण यही असार १६ गते पाटन अस्पतालमा भर्ना भई उपचाररत थिए । उहाँमा असार १७ गते कोरोना ‘पोजेटिभ’ देखिएको थियो । उहाँको यही असार २६ गते मृत्यु भएको हो ।

यस्तै गोकर्णेश्वर–४ का पुरुष मिर्गौला रोगका उपचारका लागि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा भर्ना भएका थिएन । उहाँको यही असार २५ गते मृत्यु भएको हो ।

यसैगरी सिन्धुपाल्चोकको पाँचपोखरी–६ का सङ्क्रमित क्षयरोगको उपचारका लागि यही असार १८ गते पाटन अस्पतालमा भर्ना भएका थिए । उहाँमा यही असार २२ गते कोरोना ‘पोजेटिभ’ देखिएको थियो । उहाँको यही असार २५ गते मृत्यु भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.