खेलविविध

५३ वर्षपछि जित्यो इटालीले युरोकप, बेलायत ३-२ ले पराजित

इटालीले ५३ वर्षपछि युरोकप जितेको छ । सोमबार विहान सम्पन्न खेलमा बेलायताई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटलीले युरोकप २०२० को उपाधि जितेको हो । उता ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनल पुगेको बेलायतले पहिलो पटक युरोकपको फाइनल खेलेको थियो ।

सोमबार बिहान भएको फाइनलमा इटलीले बेलायतलाई उसैको मैदानमा पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरेको हो ।

सुटआउटमा इटलीका गोलकिपर जियानलुजी डोनारुम्बा नायक बन्दै दुई प्रहार बचाए । बेलायतका गोलकिपर जोर्डन पिकफोर्डले पनि दुई पेनाल्टी बचाएका थिए । तर नायक बन्न सकेनन् ।

लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलको निर्धारित र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउट भएको हो । खेलको दोस्रो मिनेटमै बेलायतले अग्रता लिएको थियो । लुक श ले किरन ट्रिपिएरको पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

युरो फाइनलमा भएको यो सबैभन्दा छिटो गोल थियो भने राष्ट्रिय टिमका लागि श को पनि पहिलो गोल थियो । सम्हालिन नपाउँदै सुरुमै गोल खाएपछि इटली बराबरी गोल फर्काउनतर्फ लाग्यो ।

पहिलो हाफमा बेलायतले अग्रता कायमै राख्यो । तर दोस्रो हाफमा थप गोल गर्न सकेन । इटलीले भने दोस्रो हाफमा बराबरी गोल फर्कायो । ६७औं मिनेटमा लियोनार्दो बोनुचीले मार्को भेराट्टीको पासमा इटलीका लागि बराबरी गोल फर्काए ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समय थपियो । अतिरिक्त समयमा थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.