जन सरोकार

अमेरिकाबाट आइपुग्यो एकपटक मात्र लगाए पुग्ने १५ लाख चौंतीस हजारभन्दा बढी खोप

संयुक्तराज्य अमेरिकबाट नेपालका लागि १५ लाख मात्रा कोरोना बिरुद्धको खोप काठमाडौं आइपुगेको छ । अमेरिकाले नेपाली जनतालाई एकपटक मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन कम्पनीका पन्ध्र लाख चौंतीस हजार आठ सय पचास ‘मात्रा’ खोप उपहारमा दिएको हो ।

एकपटक लगाए पुग्ने यो खोप पन्ध्र लाख ३४ हजारभन्दा बढी नेपालीलाई पूर्ण मात्रामा लगाउन पर्याप्त हुनेछ । काठमाडौंस्थित अमेरिकी दूताबासले अमेरिकी जनताको सहयोगमा नेपाली जनताका लागि खोप उपहार दिइएको जनाउँदै यो सहयोग ७५ बर्ष लामो न्यानो नेपाल-अमेरिका सम्बन्धमा थप एक कोशेढुङा बनेको जनाएको छ ।

अमेरिकाको यो सहयोग महामारीको अन्त्य गर्ने, आर्थिक क्षतिबाट पुनरूत्थान, तथा पहिलेको जस्तै जनजीवनको सामान्यीकरणको दिशातर्फको एक महत्वपूर्ण कदम भएको पनि जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.