खेलजापानफूटबल

सिजुओका गाईजलाई सेभेन ए साईड रनिङकप उपाधी

कविकिरण न्यौपाने, नागोया

जापानको औद्योगिक नगरी टोयोटामा दियालो सेभेन ए साईट फुटवल रनिङ्ग कप २०२१ सफलता पूर्वक सम्पन्न भएको छ । धरान एफसीले खेलको आयोजना गरेको प्रतियोगितामा जापान भरिबाट १६ टिमले भाग लिएका थिए ।

प्रतियोगितामा सिजुओका गाईज, सिजुओका प्रथम भयो भने एनएनएसि नागोयाले दोश्रो स्थान प्राप्त गर्यो । फाइनल खेल निकै प्रतिस्प्रधात्मक रहेको थियो । खेलको विजेताले दुई लाख ५२ हजार ५२५ येन नगद, ट्रफी तथा प्रमाणपत्र र उपविजेताले एक लाख ५१ हजार ५१५ येन नगद, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे ।

खेलमा उत्कृष्ट खेलाडी एनएनएफसिका अनिल गुरुङ्ग भए भने म्यान अफ दि म्याच एनएनएफसिकै रोशन गुरुङ्ग घोषित भए । हाई स्कोरर सिजुओका गाईजका साजन प्रधान भए भने बेष्ट गोलकिपर सिजुओकाकै बिवेक थापा भएका थिए ।

प्रतियोगितामा अग्रजलाई सम्मान स्वरूप ३५ वर्ष पार गरेका एनआरएनए भेट्रान र नागोया भेट्रानको मैत्रीपूर्ण खेल समेत आयोजना भएको थियो । प्रतियोगितामा एनआरएनए नागोयाले नागोया भेट्रानलाई २ का बिरुद्ध ३ गोलले पराजित गरेको थियो । एनआरएनए टिमका क्याप्टेन समेत रहेका एनआरएनए जापानका सल्लाहकार बिमल अधिकारीले आफूले आफ्नो टिमको तर्फ बाट २ गोल गर्न सफल भएको बताउँदै प्रतियोगिता आयोजना गर्ने आयोजकलाई धन्यवाद दिएका छन् । जापान जस्तो व्यस्त देशमा पनि समय निकालेर यति ठूलो आयोजना गर्नु सानो कुरो नभएको उनको भनाई छ ।

प्रतियोगिताको समुदघाटन समारोह नेपालकै पूर्व किक वक्सिङ्ग खेलाडी एवं प्रशिक्षक देव घिमिरेको र समापन कार्यक्रम एनआरएनए जापानका उपाध्यक्ष दिपक कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा जापानका विभिन्न संघ संस्थामा रहेका नेत्तृत्व तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।

सहभागी टिमहरुमा एफ सि धरान व्ल्यक, एभ्रेष्ट एफ सि,सिजिओका व्ल्याक, वेनि एफ सि, एनएनएफसि, ओशाका व्रदर्श, काभ्रोलि समाज, कोवे युनाईटेड, एफ सि धरान वाईट, फुकुओका एफ सि, पोखरा एफ सि, सिजुओका गाईज, सिजुओका ग्रे, योक्काईची एफ सि, एफ सि धरान येल्लो, युनिटि एफ सि सहभागी थिए ।

प्रतियोगिता हेर्न जापानभरिबाट उल्लेखनीय नेपाली अनि जापनिजहरुको उपस्थिति रहेको थियो । यस खालको प्रतियोगिता प्रत्येक दुई वर्षमा आयोजना गर्ने लक्ष्य लिएको खेल संयोजक तथा धरान एफसिका उपाध्यक्ष सबिन राईले बताए । खेल सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्ण महानुभाव एवं संघ संस्थालाई धरान एफसिका अध्यक्ष योमन देवानले धन्यवाद ज्ञापन गरेका छन्स । सबैको साथ सहयोग रहेर प्रतियोगिता सफलता पूर्वक सम्पन्न हुन सक्यो उनले भने ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.