राजनीति

राष्ट्रपतिबाट देउवालाई प्रधानमन्त्री नियुक्त, कांग्रेस र माओवादीबाट दुई/दुई मन्त्री सिफारिश

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । सर्वोच्च अदालत, संवैधानिक इजलासको सोमबारको फैसलाबमोजिम नेपाली कांग्रेस संसदीय दलका नेता देउवालाई आज सो नियुक्ति दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

कांग्रेस सभापति देउवा

राष्ट्रपति कार्यालयले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी दिंदै सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ- सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/०३/२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवं नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको छ।

यसबीच नेपाली कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की बन्ने भएका छन् ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारमा कांग्रेसबाट खाँण र कार्कीको नाम सिफारिस भएको हो । पूर्वरक्षामन्त्री खाँण कांग्रेस संसदीय दलका प्रमुख सचेतक हुनुहुन्छ भने कार्की देउवा नेतृत्वको अघिल्लो सरकारमा अर्थमन्त्री बन्नुभएको थियो ।

त्यसै गरी माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्रीमा सिफारिश हुनुभएको छ भने पम्फा भुसाललाई ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइने बताइएको छ ।

उता सरकारमा सहभागी हुने तयारीमा रहेको जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र बाबुराम समूहबाट भने आज मन्त्रिमण्डलमा सामेल नहुने बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.