नेपालमा कोरोना संक्रमितको संख्या संख्या १७ हजार ६१- २४ घण्टामा थपिए १ सय १६ जना

नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थपिएका १ सय १६ जनासंगै कुल संख्या १७ हजार नाघेको हो ।
पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको र ३४ डिस्चार्ज भएको जानकारी दिनुभयो । योसंगै कोरोना निको भएर घर फर्कनेको संख्या १० हजार ३ सय २८ पुगेको छ ।
नेपालमा कोरोनाा संक्रमणबाट निको हुनेको प्रतिशत उच्च रहेको छ । अहिलेसम्म संक्रमित र उपचारपछि घर फर्कनेका अनुपात ६०.५३ प्रतिशत रहेको छ । यसै गरी मंगलबारसम्म क्वारेन्टाइनमा बस्नेको संख्या २४ हजार ७ सय १६ र आइसोलेसनमा ६ हजार ६ सय ९५ जना उपचाररत रहेका छन् ।
जिल्लागत तथ्यांक अनुसार संक्रमित हुनेमा धनकुटाका ३, सिरहाका १, सुनसरीका १, तेह्रथुमका १, इलामका २, झापाका १, धनुषाका २१, महोत्तरीका १९, पर्साका २, गोरखाका २, नुवाकोटका १, काठमाडौंका २, नवलपरासी पूर्वका २, रौटहटका १, सिन्धुलीका १, काभ्रेपलान्चोकका २, ओखलढुंगाका १, कैलालीका १, पाल्पाका ५ जना रहेका छन् ।
त्यसै गरी सिन्धुपाल्चोकका १, सुर्खेतका १, प्युठानका ३, बाँकेका १, रोल्पाका ३, बर्दियाका १, दाङका ५, अर्घाखाँचीका ३, दैलेखका ६, अछामका १४, जुम्लाका ४, कञ्चनपुरका १ र कैलालीका ४ जना रहेका छन् ।
गएको २४ घन्टाको अवधिमा ४ हजार ३ सय ६१ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गरिएको गरिएको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । मंगलबारसम्म पीसीआर विधिबाट हालसम्म २ लाख ९३ हजार ७३९ परीक्षणहरु गरिएका छन् ।
प्रतिक्रिया राख्नुहोस्