राजनीति

मन्त्री बनेकै दिन चीनसंग खोप सम्झौता अभूतपूर्व क्षण

मुलुकमा कोरोना भाइरस महामारीले उग्ररुप लिइरहेको र खोपको उपलब्धता नभैरहेका बेला स्वास्थ्य तथा जनसङ्ख्या सहित पाँच मन्त्रालयको नेतृत्व समाल्न पुग्नभएका कृष्णगोपाल श्रेष्ठले सो मन्त्रालय सम्हालेकै दिन चीनसंग ४० लाख खोप किन्ने सम्झौता भएको अभूतपूर्व संयोग छ ।

मंगलबार बिदाइ समारोहमा उहाँले अमेरिकी सरकारले कोभ्याक्स सुविधाअन्तर्गत उपहारस्वरुप दिएको जोन्सन एण्ड जोन्सन कम्पनीको खोप ल्याउन आफू सफल भएको र चीनबाट करीब ४० लाख खोप खरिद गर्न सम्झौता गरेको बताउनुभयो । स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हालेलगत्तै उहाँले यो वर्षभित्र सबै नागरिकलाई खोप उपलब्ध गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

कार्यभार सम्हालेकै दिन चीनबाट खोप खरिद गर्ने सम्झौता गर्नुभएको मन्त्री श्रेष्ठले त्यसको एक साताभित्र आठ लाख मात्रा खोप ल्याउन सफल हुनुभएको छ । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले मन्त्री श्रेष्ठको कार्यशैलीका कारण काम गर्न सहज भएको बताउनुभयो । उहाँको कार्यकालमा तीन मुलुकबीचको फुटबल खेलमा पहिलो स्थान हासिल गर्ने फुटबल खेलाडीलाई नगद पुरस्कार र युवा परिषद्को बैठक सम्पन्न भएकोे थियो ।

मन्त्री श्रेष्ठले गत असोज २९ गतेबाट शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । गत पुस १२ गतेबाट शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुग्नुभएका मन्त्री श्रेष्ठले मन्त्रालयअन्तर्गत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको गत वर्ष स्थगित कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नुभएको थियो । उहाँको कार्यकालमा विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपतिसहितका पदाधिकारी नियुक्त भएको थियो ।

मन्त्री श्रेष्ठले आफूले जे जस्तो काम गरे मन्त्रालयका सचिवलगायत कर्मचारीको सहयोगले सम्भव भएको बताउनुभयो । “सबै क्षेत्रमा आमूल परिवर्तन गर्ने सोच थियो, तर कम समय भएकाले सम्भाव भएन, जति काम सम्पन्न गरे, त्यसमा मलाई खुशी लागेको छ”, उहाँले भन्नुभयो, “पाँच वटा मन्त्रालयको बारेमा सिक्ने मौका पाए, एक पटकमा पाँच मन्त्रालयको जिम्मा पाएर इतिहास कायम गर्न सफल भएको महसुस गरेको छु ।”

कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले आफूले १४६ दिनसम्म काम गर्ने मौका पाउँदा मन्त्री श्रेष्ठसँग धेरै विषयमा जानकारी हासिल गर्न पाएको बताउनुभयो । तीनदिन अघि मात्रै विज्ञान मन्त्रालयको कार्यभार सम्हाल्नुभएका विज्ञान सचिव सुरेश आचार्यले मन्त्रीको कार्यशैलीको बारेमा आफूलाई जानकारी भएको बताउनुभयो ।

युवा मन्त्रालयका सचिव केदार न्यौपाने, श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, वन मन्त्रालयका सचिव प्रेम कँडेल, स्वाथ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याल र शिक्षा मन्त्रालयका सचिवद्वय रामप्रसाद थपलिया र सुरेश आचार्यले बिदाइ भएर जान थाल्नुभएका मन्त्रीलाई आगामी यात्राको शुभकामना व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.