राजनीति

सभापति प्रधानमन्त्री भएलगत्तै उपसभापति गच्छदार अदालतमा हाजिर

बालुवाटारस्थित सरकारी जग्गा ललितानिवास प्रकरणमा भ्रष्टाचारको मुद्दा दायर भएपछि भूमिगत रहनुभएका नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदार सभापति शेरहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएलगत्तै अदालतमा हाजिर हुनुभएको छ ।

मंगलबार देउवाले प्रधानमन्त्रीकोा शपथ गरेर पदभार गहण गरेपछि उपसभापति गच्छदार बुधबार विशेष अदालमा हाजिर हुनुभएको हो । विशेष अदालतका उपरष्ट्रिार एवं प्रवक्ता पुष्पराज पाण्डेयका अनुसार गच्छदार बिहान १० बजे अदालतमा हाजिर हुनुभएको हो ।

अदालतमा हाजिर भएलगत्तै गच्छदारसँग बयान लिइरहेको छ । २०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारसहित १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरेको थियो ।

मुद्दामा ११० जनालाई भ्रष्टाचारको कसुरमा र ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.