जन सरोकार
हतियारसहित नेपाल प्रवेश गरेका भारतीय पक्राउ
बाँकेमा हतियारसहित नेपाल प्रवेश गरिरहेका एक भारतीयलाई इलाका प्रहरी कार्यालय नरैनापुरले पक्राउ गरेको छ । उनी गत वर्ष नरैनापुर इलाका प्रहरी कार्यालयमा आक्रमण र तोडफोडमा समेत संलग्न रहेको आशङ्का गरिएको छ ।

बाँके नरैनापुर गाउँपालिका वडा नं ४ घोडदौरिया नाकाबाट नेपाल प्रवेश गर्ने क्रममा सीमावर्ती क्षेत्र भारत श्रावस्ती जिल्ला बस्ने नागरिकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भगवानपुर नरैनापुरका प्रमुख प्रहरी निरीक्षक मानबहादुर बिसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पेस्तोलमा प्रयोग हुने गोलीसहित पक्राउ परेका ती भारतीयका बारेमा थप अनुसन्धान भइरहेको छ ।