जन सरोकार

साउन १० सम्म निषेधाज्ञा थप, पसलहरु ७ बजेसम्म खुल्ने

काठमाडौं उपत्यकामा साँझ ७ बजेसम्म पसलहरु खोल्न पाउने गरी जारी निषेधाज्ञा साउन १० गतेसम्म थप भएको छ । बिहिबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले पसल खोल्ने समय एक घण्टा थप गरेको हो ।

यसअघि सबैथरि व्यवसाय ६ बजेसम्म सञ्चालन हुँदै आइरहेकामा अब बेलुका ७ बजेसम्म पसल सञ्चालन गर्न पाइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

त्यसै गरी साउनको सुरुदेखि काठमाडौं उपत्यका छिर्नलाई निजी तथा सार्वजनिक सवारीलाई अनुमतिपत्र आवश्यक नपर्ने भएको छ । मानिसहरूलाई अब स्वास्थ्य मापदण्ड पालना गरेर नियमित आउजाउ गर्न दिइने निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुन्डीप्रसाद निरौलाले बताउनुभयो ।

उहाँले जोरबिजोर प्रणाली लागु गरेर लामो दूरीका सवारी चल्न दिइने विकल्पबारे सोचिए पनि त्यसले मानिसहरूलाई थप चाप र सास्ती दिने सोचेर यस्तो निर्णय गरिएको जानकारी दिनुभयो ।

प्रजिअहरूद्वारा जारी सूचनामा भने अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्न सार्वजनिक तथा निजी सवारी साधनलाई आवतजावत गर्न दिइने जनाइएको छ ।

त्यस्तै निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन भने बन्द नै रहने छ भने विद्यालयहरुले पनि भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न पाउने छैनन् ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.