अर्थ

तीन अर्ब ८२ करोड राजश्व चुहावट : छ व्यवसायीविरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभागले कर छलीको आरोपमा विभिन्न कम्पनी सञ्चालक र कारोवारीसहित छ जनाविरुद्ध मुद्दा चलाएको छ ।उनीहरूमाथि रु तीन अर्ब ८२ करोड विगो बराबरको राजश्व छली गरेको आरोप छ ।

उक्त बिगो असुल गरी जरिवाना र कैद सजाय माग दाबीसहित बुधबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिका–१७ सोह्रखुट्टेमा रहेको हाइटेक इन्टरनेशनल प्रालि सञ्चालकसमेत दुई जनालाई राजश्व चुहावट गरेको अभियोगमा रु दुई अर्ब ४२ करोड ९८ लाख बिगो कायम गरी बिगो असुल, जरिवाना र कैद सजाय मागदाबी लिई मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

यस्तै ललितपुर महानगरपालिका–२ सानेपामा रहेको एसएस मोबाइल एण्ड सर्भिसेज प्रालि र श्रीश्याम इम्पेक्स तथा श्रीश्याम बाबा इन्टरप्राइजेजका सञ्चालक तथा मुख्य कारोवारीसमेत गरी चार जना विरुद्धसमेत बुधबारै कर छलीको आरोपमा मुद्दा चलाइएको छ ।

उनीहरूविरुद्ध रु एक अर्ब ३९ करोड सात लाख बिगो कायम गरी उक्त बिगो असुल तथा जरिवाना र कैद सजायको माग गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.