जन सरोकार

कोरोनाको मारमा हरियो साउन : नेपालमा शिवजीको ब्रत, युरोपमा 'वेट मनडे' (भिडियोसहित)

आजबाट साउन महिना लाग्यो, यो महिना धर्म, संस्कृति, आस्था, विश्वास अनि सुन्दरताको प्रतीकका रुपमा मनाउने गरिन्छ । मन्दिरहरु हरियो पहिरनले सजिएका नारीहरुले भरिभराउ हुने गर्दथ्यो भने नदीहरु बोलबम जाने पहेलो वस्त्रधारीहरुबाट । तर यस वर्ष यो सबै रोकिएको छ कोरोनाले गर्दा ।

हुन त साउन महिनाको महत्व पृथ्वीका हरेक कुनामा छ । ऋतु परिवर्तनको यो चक्रअनुसार साउन महिनाबाट सूर्य कर्कट राशिमा प्रवेश गर्ने, कृषिकर्म सम्पन्न हुने र चाडपर्वहरु सुरु हुने हुँदा यसको स्वागत धुमधामसंग मनाइन्छ र यही महिनाको सोमबार विशेष गरी महिलाहरु हरियो वस्त्रमाा सजिएर भगवान शिवको व्रत, पूजा र आराधना गर्दछन् ।

साउनको सोमबारको महत्व आआफ्नै धर्म, संस्कृति अनुसार विश्वका अन्यत्र पनि मनाइन्छ । मध्य युरोपका देशहरुमा साउनको सामेबार खास उत्सवकमा रुपमा मनाइन्छ । पोल्याण्ड, चेक गणतन्त्र तथा पूर्वी युरोपको युक्रेन लगायतका देशमा सोमवारको दिन युवाहरुले युवतीहरुलाई पानीले भिजाइदिने गर्छन् । यस्तो संस्कारलाई वेट मण्डे अर्थात् भिजेको सोमवार भनिन्छ ।

नेपालमा साउने सोमबार बेजोड धार्मिक आस्था र विश्वासको नमूनाका रुपमा लिइन्छ । शास्त्रहरुमाा साउन महिना र त्यसमा पनि सोमबारको विशेष महत्व दर्शाइएको छ । साउन महिनामा भगवान शिवको आराधना, योगपुरुष, कर्मयोगी श्रीकृष्णको महिमागान तथा बोलबम अनि तराईको मिथिला क्षेत्रमा मधुश्रावणी मनाउने गरिन्छ ।

यस वर्ष कोभिड १९ को महामारीका कारण धार्मिक, आस्था, विश्वास र पर्वहरु सबै खल्लो भएका छन् । संक्रमणको त्रासले सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले मन्दिरहरु, नदी तथा तला तलैयाहरुमा भीडभाड निषेध गरिएको छ । पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भीडभाड बन्द गरिएको हुँदा साउनको सोमबार घरघरमै बसेर व्रत, पूजा गर्नुपर्ने अवस्था छ ।

साउनको सोमबारको अर्को विशेषतामा महिलाहरू हरियो पहिरनमा सजिनुका साथै, हरियो चुरा र हातमा मेहन्दी लगायर प्राकृतिक सौन्दर्यको निकट रहन्छन् । यो दृश्य निकै आकर्षक लाग्दछ । यस वर्ष त्यो दर्शन अपूर्ण हुने भएको छ ।

यसअघिसम्म साउन महिनाको सोमबार पशुपतिनाथ, भक्तपुरको सीपाडोलस्थित केदारनाथको शिर डोलेश्वर, दत्तात्रेय मन्दिर, विभिन्न भागमा रहेका शिवालयहरुमा भक्तजनहरुको घुइचो लाग्ने गर्दथ्यो । मुख्य रूपमा नेपालको जुनसुकै भूभागमा बस्ने मानिसहरूले पनि यस महिना विशेष रूपमा भगवान् शिवको पुर्जा अर्चनाका साथ ब्रत बस्ने परम्परा रही आएको छ । तर यस वर्ष मन्दिरहरु सुनसान हुने छन् ।

सोमबार दिनभर भगवान् शिवको पूजा गर्ने अनि बेलुका चोखो खानेकुरा खाने जसमा विशेष गरी कर्कलो खाएर ब्रत त्यस दिनको समाप्त गर्ने गर्दछन् ।

विवाहित महिला आफ्नो घरपरिवार र श्रीमानको स्वास्थ्य लाभको कामना गदै ब्रत बस्ने गर्दछन् भने् अविवाहित महिला राम्रो श्रीमान तथा शिवजी जस्तो वरपाम भनी ब्रत बस्नुको साथै आफ्नो परिवारको सुख शान्तिको कामना गर्दै ब्रत बस्ने गर्दछन् ।

साउनको सोमबारको महत्व हिन्दु धर्म संस्कृतिमा मात्रै अन्य धर्मावलम्बीमा पनि रहेको यो प्रसंगले उजागर गर्दछ । तसर्थ यो महिना प्रकृतिले नै विशेष महिनाका रुपमा स्थापित गरिदिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.