राजनीति

अधिकांश नेता बालुवाटार पुगिसकेपछि नेकपा बैठक स्थगित

एक सातासम्म स्थगित भएर आज (साउन २ गते) तय गरिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बस्दाबस्दै स्थगित भएको छ ।

विहान ११ बजेका लागि तय भएको बैठकमा भाग लिन अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका भए पनि पर्सी साउन ४ गतेसम्मका लागि स्थगित भएको छ ।

सुरुमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि दिउँसो ३ बजेसम्मका लागि सारिएको थियो । अन्ततः साउन ४ गते ३ बजे बस्ने गरी स्थगित गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.