राजनीति

परमादेशले किर्ते कागजलाई मान्यता दिएर दलीय संरचना समाप्त पार्ने

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशको फैसलाले दलीय संरचना समाप्त पार्ने बताउँदै किर्ते कागजलाई मान्यता दिएर अल्पमतलाई सरकार बनाउन परमादेश दिइएको आरोप लगाउनभएको छ ।

शुक्रबार नयाँ वानेश्वरस्थित संसद् भवनमा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले दलबाट निर्वाचित सांसदलाई दलीय ह्वीप नलाग्ने आदेश दिनु गलत भएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री आलीले आफूले पुनः जनादेशबाट सरकारको नेतृत्व गर्ने बताउनुभयो । उहाँले सर्वोच्चको आदेशअनुसार नै आफू अब संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने बताउनुभयो ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईलका अनुसार बाढी र पहिरोबाट पीडित भएकाको क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार गर्न सरकारसँग माग गरिएको छ । बैठकले यस्तै कोरोना भाइरसविरुद्धको खोप सबै नागरिकलाई उपलब्ध गराउने समेत आग्रह गरेको छ । बैठकमा अध्यक्ष ओली आफ्नो नेतृत्वमा भएको सरकारले गरेका कामबारे जानकारी गराउनु भएको थियो ।

प्रमुख सचेतक भट्टराईले केही समयदेखि पार्टीका सांसद असन्तुष्टि भएर बैठकमा अनुपस्थिति रहँदै आएकोप्रति बैठकले गम्भीरतापूर्वक लिएको र कार्यदलले बुझाएको १० बुँदे सहमति कार्यन्वयन गरेर पार्टी एक ढिक्का बनाउनुपर्नेमा जोड दिएको बताउनुभयो ।

उहाँले असन्तुष्टि पक्षलाई समेटर अर्को बैठकमा उपस्थित गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सर्वोच्च अदालतको फैसलाको जनस्तरसम्म भण्डाफोर अभियान सञ्चालन गर्ने समेत बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.