सूचना/प्रविधि

रेडियो नेपाललाई डिजिटल प्ल्याटफर्ममा लैजाने जिम्मा न्यू आइटी भेन्चरलाई

नेपालको सबैभन्दा जेठो प्रसारण संस्था रेडियो नेपाल अब डिजिटल प्ल्याटफर्ममा जाने भएको छ । समयको माग अनुसार प्रविधिको प्रयोग गरी आम स्रोतासामु सजिलै पुर्याउने उद्देश्यले रेडियो नेपालले न्यू आइटी भेन्चरसंग सम्झौता गरेको हो । रेडियो नेपालमा रहेका गीत संगीत, श्रव्य, दृश्य लगायतका सामग्रीहरु ओटीटी एप र मनिटाइजिङमार्फत बजारीकरण गर्नका लागि आवश्यक सबै कार्य आईटी भेन्चरले गर्ने गरी सम्झौता गरिएको छ ।

रेडियो नेपाललाई नवीनतम प्रविधिबाट अघि बढाउने उद्देश्यसहित असार २८ गते रेडियो नेपाल र न्यू आइटी भेन्चरबीच सो विषयमा सम्झौता सम्पन्न भएको थियो । सम्झौतामा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी र न्यू आइटी भेन्चरका तर्फबाट रोशन थापाबाट हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतासंगै आवश्यक कार्य अघि बढिसकेको र केही समयभित्रै रेडियो नेपालसंग भएका श्रव्य तथा दृश्य सामग्रीहरु युटुब तथा सामाजिक सञ्जाल, ओटीटी एप र वेभ एपमा अपलोड गरी प्रसारण गरिनेछ । यसले व्यापारीकरण मात्र नभएर नेपालको झण्डै पौने शताब्दी लामो इतिहासलाई यो पुुस्तासम्म सजिलै पुर्याउनेछ ।

सम्झौता अनुसार रेडियो नेपालको स्वामित्वमा भएको गीत संगीतलगायतका अन्य श्रव्यदृश्य सामग्रीहरु (लोक गीत, आधुनिक गीत, शास्त्रीय संगीत, धुन, विभिन्न अन्तर्वाता, भाषण, वक्तव्य, सन्देश तथा यस्तै प्रकृतीका अन्य श्रव्य दृश्य सामग्रीहरु एपमा समावेश गरिनेछ । यी सामग्रीहरु डिजिटाइज भएपछि देशको सबभन्दा पुरानो प्रसारण संस्थाको लाइब्रेरीमा थन्किएर बसेका ऐतिहासिक दस्तावेजहरु पनि आम सर्वसाधारणले सहजै हेर्न, सुन्न पाउने छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.