राजनीति

१० बुँदे सहमति अनुमोदनपछि पुनः जुट्यो कार्यदल

पार्टी एकताका लागि १० बुँदे सहमति गरेर विभाजन रोक्ने प्रयास गरेका एमालेका दोस्रो तहका नेताहरु पुनः सक्रिय भएका छन् । शुक्रबार एमाले स्थायी कमिटीको बैठकले १० बुँदे सहमति अनुमोदन गरी कार्यदललाई धन्यवाद दिंदै बिघटन गरेपछि सदस्यहरु फेरि एकजुट बनेका हुन ।

माधवकुमार नेपालले १० बुँदे सहमतिलाई वेवास्ता गरी देउवाकै साथमा रहने संकेत दिइरहे पनि अध्यक्ष ओलीले कार्यदलको सहमति बुँदालाई स्थायी कमिटीबाट अनुमोदन गराएपछि उत्साहित भएका सदस्यहरु पुनः बैठकमा बसेका हुन् ।

विघटित कार्यदलका सदस्यहरु सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकमा विष्णु रिमाल र शंकर पोखरेलबाहेक कार्यदलका अन्य सबै सदस्य उपस्थित हुनुहुन्थ्यो । कार्यदलमा नरहनुभएका सचिव पृथ्वीसुब्बा गुरुङ पनि सहभागी हुनुभएको छ ।

नेकपा एमालेको स्थायी कमिटी बैठकले १० बुँदे सहमति अनुमोदन गरेसँगै शुक्रबार कार्यदल विघटन गरिएको थियो । एमाले स्थायी कमिटीले कार्यदलको सहमति अनुमोदन गरेपछि बरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहनुभएका कार्यदलका सदस्यहरु दवावमा पर्नुभएको छ ।

पार्टीले सहमतिलाई ग्रहण गर्दै अघि बढने निर्णय लिए पनि बरिष्ठ नेता नेपाल भने कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने योजनाका साथ अघि बढनु भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.