प्रबास

सुदूरपश्चिम सेवा समाज युएईका अध्यक्षमा महरा

दुबईमा कार्यरत सुदूरपश्चिमका नेपालीले छ वर्षअघि स्थापना गरेको सुदूरपश्चिम सेवा समाज युएईको शुक्रबार सम्पन्न चौथो अधिवेशनले दानसिंह महराका अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

स्वास्थ्य सुरक्षा तथा सावधानीलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट आयोजना गरिएको अधिवेशनले वरिष्ठ उपाध्यक्षमा मोहन ठकुराठी, प्रथम उपाध्यक्षमा नवराज भट्ट, उपाध्यक्षमा शिवराज तिमल्सिना र महासचिवमा यादव पन्त चयन हुनुभएको छ । त्यसैगरी सचिवमा नरेश पन्त, सहसचिवमा घनश्याम महरा, कोषाध्यक्षमा नरेश भट्ट र सहकोषाध्यक्षमा मनोज साउद चयन हुनुभएको छ ।

कार्यसमितिका सदस्यमा सिर्जना मल्ल, अनुप्रिया पन्त, निर्प नेपाली, मानसिंह नाथ, हृदयराज बजगाँई, अजय भट्ट, विमल क्षेत्री, भक्त खड्का, टंकप्रसाद जोशी र समीप क्षेत्री हुनुहुन्छ ।

अलएन, अबुधाबी, दुबई र सारजाह–अजमानमा क्षेत्रीय समिति विस्तार गरेको सुदूरपश्चिम सेवा समाज युएईले अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्नाका साथै नेपालमा समेत विपद्का बेला सहयोग गर्दैआएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.