झण्डै ४१ लाखले ज्यान गुमाए कोरोनाभाइरस सङ्क्रमणबाट
कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ८२ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ८२ हजार ३४९ जनाको मृत्यु भएको छ ।

विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ९९ लाख ९८ हजार ९५७ जना रहेका छन । विश्वभर तीन अर्ब ६० करोड १८ लाख ५६ हजार २९५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
सो विश्वविद्यालयले जुलाई १८ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट सबैभन्दा बढी प्रभावित संयुक्त राज्य अमेरिका, भारत र ब्राजिल रहेका छन् । अमेरिकामा तीन करोड ४० लाख ६९ हजार ६४ संक्रमित छन् भने छ लाख ८ हजार ८९८ जनाको मृत्यु भएको छ ।
त्यसै गरी भारतमा संक्रमित तीन करोड ११ लाख ६ हजार ६५ र चार लाख १३ हजार ६०९ को मृत्यु भएको छ । यसपछि ब्राजिलमा एक करोड ९३ लाख ४२ हजार ४४८ संक्रमित, पाँच लाख ४१ हजार २६६ को मृत्यु भएको छ ।
माथीा तीनन मुलुक बाहेक कोरोनाबाट अत्यन्त प्रभावित १७ देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन्
प्रतिक्रिया राख्नुहोस्